दफा ५९
सैनिक अदालत सम्बन्धी कसुर
देहायका कुनै कार्य गरेमा सैनिक अदालत सम्बन्धी कसुर गरेको मानिनेछ ः-
(क) सैनिक अदालतमा साक्षीकोरूपमा हाजिर हुनु पर्ने व्यक्तिलाई रीतपूर्वकको समाह्वान वा आदेश जारी गरेकोमा मनासिब माफिकको कारण विना अनुपस्थित रहेमा,
(ख) सैनिक अदालतमा शपथ लिन इन्कार गरेमा,
(ग) आफ्नो जिम्मामा रहेको कुनै लिखत सैनिक अदालतमा पेश गर्न वा बुझाउन दिएको आदेशको अवज्ञा गरेमा,
(घ) साक्षीको हैसियतमा कानुन बमोजिम सोधिएको सवालको जवाफ दिन इन्कार गरेमा,
(ङ) सैनिक अदालतको कारबाहीमा बाधा वा रोकावट गरी धम्कीपूर्ण वाक्य बोली सैनिक अदालतको अपमान वा अवहेलना गरेमा,
(च) सैनिक अदालतबाट भएका फैसला वा आदेशको कार्यान्वयनमा वेवास्ता गरेमा ।